scheduleशुक्रवार आश्विन ३ गते, २०७६

घट्यो पेट्रोलको मूल्य


काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ ।

आयल निगमले बुधबार पेट्रोलको मूल्यमा एक रुपैयाँ प्रतिलिटरले घटाएको हो । निगमद्वारा जारी विज्ञप्तिमा यस्तो जानकारी दिइएको छ । बुधबार राति १२ बजेदेखि पेट्रोलको साविकको मूल्यमा एक रुपैयाँ घटाइने नेपाल आयल निगमका उप–निर्देशक विनितमणि उपाध्याय जानकारी दिए ।

घटेको मूल्यअनुसार काठमाडौंको थानकोट डिपोको १५ किलोमिटर परिसरसम्म पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य ११० रुपैयाँ प्रति लिटर कायम रहेको छ ।

डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत रहेकाे निगमले जनाएकाे छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage