scheduleआइतवार आषाढ़ १ गते, २०७६

अन्ततः जुम्लाबाट पनि सुरु भयो स्मार्ट लाईसेन्स वितरण


जुम्ला, २३ जेठ । जुम्लामाबाट स्मार्ट लाईसेन्स वितरण सुरु भएको छ । नेपालका सबै यातायात विभागमा सुरु भईसकेको स्मार्ट लाईसेन्स वितरण एक मात्र बाँकी रहेको विभाग जुम्लाबाट पनि बुधबारबाट सुरु भएको हो ।

सम्पूर्ण सवारी चालकलाई दिईने सवारी चालक अनुमति पत्रलाई डिजिटल प्रविधिमा लैजाने प्रक्रियाको बुधबार एक औपचारिक कार्यक्रमकाबीच चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले उद्घाटन गरिन् ।

जुम्लाबाट स्मार्ट लाईसेसेन्स लिने पहिलो व्यक्ति भने यातायात व्यवस्था कार्यालयका कर्मचारी लोकेन्द्र पाण्डे बनेका छन् । उनी आफ्नो पुरानो पेपरमा आधारित लाईसेन्सलाई डिजिटल प्रविधिमा नवीकरण गर्दै जुम्लाको स्मार्ट लाईसेन्स प्राप्त गर्नै पहिलो व्यक्ति बनेका हुन् ।

सवारी चालकले विगतमा झेल्नु परेका सवारी अनुमति पत्र हराउने, च्यातिने, भिज्ने जस्ता समस्याबाट राहत हुने यस प्रविधिको उपयोगिता भएको यातायात व्यवस्था विभागका निर्देशक श्रीचन्द्र शाहले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob