scheduleआइतवार आषाढ़ १ गते, २०७६

बादरमुढे घटनाको १४ वर्षः पीडित अझै न्यायको खोजीमा, प्रचण्डको आश्वासन अलपत्र


चितवन, २३ जेठ । चितवनको बादरमुढेमा ३८ जनाको मृत्यु हुनेगरी भएको घटनाको आज १४ वर्ष पुरा भएको छ । तत्कालीन माओवादीले यात्रुले भरिएको बसलाई लक्षित गरि गराएको बम विस्फोटमा परी ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

तर, घटनामा परि ज्यान गुमाएका परिवारले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । सशस्त्र द्वन्द्वका नेतृत्वकर्ता पुष्पकमल दाहालले गत संसदीय चुनावका बेलामा घटनापीडितसँग गरेको तीनबुँदे लिखित सहमति पनि अलपत्र छ ।

चितवनको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने बादरमुढेबाढ नेकपाका नेता दाहालले पीडितसँग लिखित सहमति गर्दै मृतकमा आश्रित परिवारका लागि काम गर्न सक्नेलाई रोजगार तथा स्वरोजगार, नसक्नेलाई जीवनवृत्ति र बालबालिका पढाउने लगायतका प्रतिबद्धता जनाएपनि त्यो अझै पुरा हुन सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob