scheduleशुक्रवार आश्विन ३ गते, २०७६

मदिरामुक्त वडा बनाउन व्यापारी नै अभियानमा, धमाधम लाइसेन्स फिर्ता गर्दै


बैतडी, २३ जेठ । व्यापारीको स्वार्थ हुन्छ, सामान बेचौं र पैसा कमाऔं । तर, उनीहरुको पनि समाजप्रतिको दायित्व हुन्छ ।

बैतडीमा एक जना व्यापारीले मदिरा पसलको अनुमति पत्र स्थानिय सरकारलाई बुझाएका छन् । लामोसमयदेखि मदिराको कारोबार गर्दै आएका जिल्लाको मेलौली नगरपालिकाका व्यवसायीले वडा कार्यालयमा स्वेच्छाले अनुमति पत्र बुझाएका हुन् ।

२०७३ सालबाट मेलौली नगरपालिका वडा नं १ मा मदिराको कारोबार गर्दै आएका व्यवसायी सरद नेगीले वडालाई मदिरा मुक्त बनाउनु पर्छ भन्दै लाइसेन्स बुुझाएका हुन् । वडाभित्र रक्सीपसल खुल्नाले समाजिक अपराधहरु अत्यधिक बढ्न थालेपछि मदिरा पसल बन्द गरेको व्यवसायी स्पष्ट पारे ।

यस्तै, वडा नं. १ का महिलाहरु मदिरामुक्त वडा बनाउने अभियानमा जुटेकाका छन् । सामाजिक अपराधको विकास गर्ने मदिरा पसल बन्द गरि हिंसामुक्त समाज निर्माणमा सहयोग गरेको भन्दै व्यवसायी नेगीलाई नगरपालिकाले स्वागत गरेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage