scheduleशनिवार श्रावण ३२ गते, २०७६

बिजुली बजारमा मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, १ जना घाइते


काठमाडौँ, २३ जेठ । काठमाडौँ महानगरपालिका–१० बिजुली बजारमा बिहिबार भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

साइकललाई ठक्कर दिएको बा४१प ५३६ नं.को मोटरसाइकल दुर्घटना हुँदा मोटरचालक ललितपुर महानगरपालिका–१२ घर भएका ३७ वर्षीय अम्मरराज ताम्राकारको एभरेष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटना बिहिबार बिहान ४ः३० बजे भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साइकल चालक फरार रहेकाले खोजी भइ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने २१ वर्षीया नीमा लामालाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage