scheduleसोमवार भाद्र २ गते, २०७६

आजबाट जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु

खलङ्गा, २३ जेठ । जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ । सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले औपचारिक रुपमा उद्घाटन गरे ।
सो अवसरमा उनले अहिलेको प्रविधिको युगमा यो प्रक्रियाबाट स्मार्ट लाइसेन्स वितरण हुनु खुशीको कुरा भएको बताए । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले सवारी चालक अनुमितपत्र लिँदा यहाँका नागरिकले व्यहोर्नुपर्ने झण्झटको अब अन्त्य हुने बताए ।

पुरुषसरह ज्याला पाउँदा महिला खुशी

पातारासी गाउँपालिका– ४ का महिला पहिलोपटक पुरुषसरह ज्याला पाउँदा निकै हर्षित भएकी छिन् । यतिबेला पातारासी गाउँपालिका– ४ मा विउरेनी जलविद्युत्को काम निरन्तर भइरहेको छ । त्यहाँ काम गर्ने महिला पुरुष दुवैले एक दिनको रु ६०० का दरले ज्याला पाउने गरेका छन् ।

पहिलोपटक पुरुष बराबरको ज्याला पाउँदा निकै हर्ष लागेको पातारासी– ४ का स्थानीय जौकला बुढाले बताए । टुकी र झरो बालेर रात कटाउने स्थानीयवासी झिलिमिली बत्ती बाल्ने सपनामा निर्माण कार्यलाई सक्रियतापूर्वक निरन्तरता दिइरहेका छन् ।

बत्ती बाल्ने सपना साकार पार्न तन मनका साथ काम गरिरहेको पातारासी– ४ कि चद्रशीला ऐडीले बताए । महिला पुरुषभन्दा कमजोर हुन्छन् भन्ने भ्रमलाई चुनौती दिँदै आफूहरुले पुरुषसरह काम गर्ने सामथ्र्य देखाएको स्थानीयवासी बिजु बोहोराले बताए ।

वि.सं २०७२ देखि शुरु भएको विद्युत्को काम ९५ प्रतिशत सकिएको र ५ प्रतिशत मात्रै बाँकी रहेकाले जेठको अन्तिमतिर बत्ती बालिसक्ने विउरेनी उपभोक्ता समितिले जनाएको छ । रासस

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage