scheduleआइतवार आषाढ़ १ गते, २०७६

सुदूरपश्चिममा आँधीहुरी, दर्जनौं स्थानीय घाइते, सयौं घरको छाना उडायो


काठमाडौं, २३ जेठ । सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली र कञ्चनपुरमा भीषण हावाहुरीले दर्जनौं स्थानीय घाइते भएका छन् भने सयौं घरको छाना उडाएको छ ।

बिहीबार राति ८ बजेतिर दुई जिल्लाका धेरै स्थानहरुमा भीषण आँधीहुरी आउँदा कम्तिमा २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ ।
धनगढी आसपास हावाहुरीका कारण १० जना घाइते भएका छन् । रुखहरु ढल्नुका साथै सयौं घरका छाना उडाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी उद्धार कार्यमा जुटेको छ र अहिलेसम्म मानवीय क्षतिको विवरण आइसकेको छैन । रुख ढल्दा ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ ।

त्यसैगरी, कञ्चनपुर गएको भीषण हुरीले महेन्द्रनगर आसपास १० जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिएका छन् ।

हुरीसँगै असिना पर्दा बालीनालीमा पनि असर पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob