scheduleआइतवार आषाढ़ १ गते, २०७६

दबाव बढेको भन्दै मुख्यन्याधिवक्ता न्यौपानेद्वारा राजीनामा


हेटौंडा, २४ जेठ । प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । न्यौपानेले स्वतन्त्रतापूर्वक काम गर्ने आफ्नो बानीअनुसार काम गर्न नपाएको गुनासो गर्दै राजीनामा दिएका हुन् ।

उनले बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण राजीनामा दिनुपरेको उल्लेख गरेका छन् । उनले भने, ‘मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादा जस्तो नभई एउटा सामान्य कर्मचारी जस्तो भएकै कारण मैले राजीनामा दिएको हुँ ।’

न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका छन् । मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ ।

उनलाई गत फागुन २४ गते प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश सरकारको सिफासिरमा मुख्यन्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob