scheduleशुक्रवार भाद्र ६ गते, २०७६

यार्सागुम्बा सङ्कलनमा गएका थप १ जनाको मृत्यु


जाजरकोट, २४ जेठ । यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो ।

डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय मावि तल्लुमा कक्षा ९ मा पढ्दै थिए । योसंँगै मृत्यु हुनेको सङ्ख्य नौ पुगेको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage