scheduleसोमवार भाद्र २ गते, २०७६

खरबारीमा भेटियो बालिकाको शव


तनहुँ, २५ जेठ । भानु नगरपालिका–२ भकुणडोथोकमा एक बालिकाको शव खरबारीमा भेटिएको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी नौ वर्षीया पुष्पा अधिकारीको शव खरबारीमा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आफ्नै घरमा खेलिरहेका बेला पुष्पालाई चितुवाले आक्रमण गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार बालिकाका शव घरबाट ५०० मिटर टाढा खरबारीमा भेटिएको छ । पुष्पाको घाँटीमा चिथोरेको डाम भेटिएपनि बालिकाको शरीरको अन्य भागमा भने क्षति पुगेको देखिएको छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage