scheduleमगलवार आषाढ़ ३ गते, २०७६

कोरियन भाषा परीक्षा सुरु, १० हजारका लागि ९२ हजार प्रतिष्पर्धामा


काठमाडौं, २५ जेठ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगतको कोरियन भाषा परीक्षा आजबाट सुरु भएको छ । शनिबार र आइतबार काठमाडौं र पोखरामा चल्ने भाषा परीक्षामा ९२ हजार ३५६ जना परीक्षार्थी सहभागी हुँदैछन् ।

आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । यो कोटामा ९२ हजारभन्दा बढी युवाले प्रतिस्पर्धा गर्दैछन् । गत वर्ष पनि कोरियन भाषा परीक्षाका लागि ८२ हजारभन्दा बढीले आवेदन दिएका थिए ।

यसको नतिजा असार १३ गते प्रकाशित हुनेछ । यो परीक्षाबाट छानेर उत्पादनमुलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार नेपाली लैजाने तयारी छ । जुन क्षेत्रका लागि परीक्षा आवेदन फारम भरेको हो, भाषा परीक्षा त्यस अन्तरगत दिनुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob