scheduleबुधवार आषाढ़ ४ गते, २०७६

किसानलाई एक प्रतिशत ब्याजदरमा पशुपालन ऋण


सिन्धुपाल्चोक, २५ जेठ । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । गाउँपालिकाकाले अनुदानको नाममा वितरण हुने रकमलाई छुट्टै कोष स्थापना गरी ऋण लगानी गर्न लागेको हो ।

त्यसको लागि गाउँपालिकाले पहिलो चरणमा पशुपालन तर्फ १५ लाख रुपैयाँ बजेट छुट्टाएको छ । सो रकम परिचालनको लागि कार्यविधि बनाएर कार्यपालिका बैठकले अनुमोदन समेत गरिसकेको गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

अनुदान दिंदा पहुँचवाला किसानले मात्रै पाएको र वास्तविक किसान छुटेको भन्दै गाउँपालिकाले यस्तो नीति ल्याएको अध्यक्ष नेपालको भनाई छ । ऋण वितरणको लागि अनुदान कार्यान्वयन तथा सिफारिस समिति गठन गरिनेछ । पशुपालन गरिरहेका वा गर्न चाहेका किसानले प्रस्तावना पत्र सहित सो समितिमा आवेदन दिनसक्ने गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob