scheduleशुक्रवार आश्विन ३ गते, २०७६

मोदीलाई इमरानको पत्र, सबै विवाद संवादबाट सुल्झाउन सुझाव


काठमाडौं, २५ जेठ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदीलाई पत्र लेखेका छन् । शुक्रबार लेखेको पत्रमा कश्मिरलगायत सबै विवादलाई संवादमार्फत् हल गर्न आग्रह गरिएको छ ।

भारतीय मिडियामा प्रकाशित खबरका अनुसार, केही समयमै हुन लागेको शांघाई कर्पोरेशन अर्गनाइजेशन (एनसिओ) समिटको क्रममा इमरान र मोदीबीच द्विपक्षीय वार्तालाई यो पत्रले सहज बनाउने अनुमान गरिएको छ । जुन १३-१४ मा हुने समिट किर्गिस्तानको राजधानी बिश्केकमा हुनेछ । इमरान दक्षिण एसियामा शान्ति, सद्भावना र गरिबीसँग लड्नका लागि दुई देशबीचको विवाद मिलाउन चाहन्छन् ।

एससीओ समिटमा मोदी र इमरानबीचको द्विपक्षीय वार्ताको खबरलाई भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले अस्वीकार गरिसकेका छन् । केही दिनअघि उनले भनेका थिए, ‘जहाँसम्म मेरो जानकारी छ, बिश्केकमा हुन गइरहेको एससीओ समिटमा मोदी र इमरानबीच कुनै प्रकारको बैठकको योजना छैन ।’

त्यसो त, पाकिस्तानी विदेश सचिव सोहेल महमूद बुधबार दिल्ली आएका थिए र उनले ईदको मौकामा जामा मस्जिदमा नमाज पनि पढेका थिए । उनले यस यात्राले समिटमा मोदी-इमरानको भेटवार्ता हुनसक्ने अड्कलबाजी समेत गरिएको थियो । यद्यपि, रविशले यो भ्रमणलाई नितान्त निजी भ्रमण भनेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage