scheduleबिहिवार भाद्र ५ गते, २०७६

समलिङ्गी जोडीलाई निर्घात कुटपिट गर्ने ४ जना पक्राउ

एजेन्सी, २५ जेठ । समलिङ्गी जोडीलाई निर्धात कुटपिट गरेको आरोपमा ४ जना युवाहरु पक्राउ परेका छन् । मे ३० गते एक समलिङ्गी जोडीमाथि भएको आक्रमणमा संलग्न युवाहरु पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ ।

मे ३० गते मेलिनिया गेमोनाट र उनकी प्रेमिका क्रिसमाथि बसभित्रै आक्रमण भएको थियो । लण्डनबाट क्यामडेन शहर जाने क्रममा गेमोनेट र क्रिसमाथि हमला भएको प्रहरीले जनाएको छ ।

बसभित्र जाने क्रममा युवाहरुको एक समूहले गेमोनेट र क्रिसलाई देखेपछि दुर्व्यवहार र अपशब्द प्रयोग गरेका थिए । सोही क्रममा भनाभन भएको र विवाद चर्कदै गएपछि युवाहरुले उनीहरुमाथि आक्रमण गरेको प्रहरीको भनाइ छ ।

आक्रमणबाट गम्भीर घाइते भएका गेमोनेट र क्रिसलाई अस्पताल लगिएको थियो । हाल दुबै जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

गेमोनेट र क्रिसले प्रहरीलाई चार जना युवाहरुले चुम्बन गरेर देखाउन भनेको तर आफूहरुले नमानेपछि आक्रमण गरेको बयान दिएका छन् । ती युवाहरुले आफूहरुको फोन र ब्याग समेत लुटेर लगेको बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage