scheduleशुक्रवार आश्विन ३ गते, २०७६

श्रीमतीमाथि बञ्चरो प्रहार गरेर श्रीमान प्रहरी कार्यालयमा


राँझा, २५ जेठ । बाँकेको जानकी गाउँपालिकामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छिन् ।

जानकी गाउँपालिका वडा–३ मानपुर निवासी ५९ वर्षीया पञ्चराम हरिजनले शनिबार बिहान ९ बजेतिर ४५ वर्षीया श्रीमती कप्तरा हरिजनमाथि बञ्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय खजुराखुद्र्धका प्रहरी नायब निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार श्रीमतीमाथि बञ्चरो प्रहार गरेपछि पञ्चराम आफैँ प्रहरी कार्यालय पुगेका थिए । हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बञ्चरो प्रहारबाट गम्भीर घाइते कप्तराको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । श्रीमान–श्रीमतीबीच १५ दिनदेखि नै झगडा हुँदै आएको बताइएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage