scheduleमगलवार आश्विन २८ गते, २०७६

बोल संविधान बोल ! अब आफैं बोल !

बिनाराम खड्का

नेताहरु धेरै बोले बोल आफैं बोल
घुम्टो फाली संविधानको खास कुरा बोल
कोही भन्छन् आधा भरी कोही भन्छन् रित्तो
कोही भन्छन् उर्बर भूमी कोही भन्छन् भित्तो

उहिले भन्थे अहो हाम्रो भाग्य खुल्यो अब
हरियाली भरिपूर्ण संविधान आयो जब
संघीयता हाम्रो नेपाल स्वर्ग बन्छ अहिल्यै
लुछाचुँडी तानातानमा सीमित भए जहिल्यै

प्रदेश भन्छ संघीयता प्रदेशसम्मै आयो
स्थानीय आफ्नै कथा गाउँले के-के पायो
दशकौंको भीषण लडाईं लेख्ने पनि उनै
चोर औँलो ठड्याउदै विरोध गर्ने तिनै

लेख्ने उनै च्यात्ने उनै ब्याख्या गर्ने उनै
संघ प्रदेश स्थानीय सबका मालिक तिनै
लामै लामो धेरै अक्षर पढ्न पनि गाह्रो
संघ प्रदेश स्थानीय तताउँदैछन पारो

तिम्रो नाममा कति मरे घाइते पनि उस्तै
तिम्रै लागी खरबौँको क्षति पनि त्यस्तै
कित तिमी हे संविधान सतचालिसमा गइजाउ
नत्र भने उठ आजै जिउँदो टाउको उठाउ

के लेख्या छ संविधानमा बोल्नु पर्‍यो आफैं
उजाड हो कि हराभरा भन्नु पर्‍यो आफैं
सबै मान्छे वकिल यहाँ सबका आफ्नै तर्क
हे संविधान उठ अब बोल यता फर्क

हे संविधन उठी अब आफ्नै मुखले बोल
नेताहरु धेरै बोले बोल आफैं बोल
जराजुरुक उठी अब बोल आफैं बोल
कसका कुरा कसले सुन्ने बोल आफै बोल

(मुसिकोट नगरपालिका वडा नम्बर-४ सोलाबाङ्ग रुकुम पश्चिम)

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage