scheduleबुधवार आश्विन १ गते, २०७६

जंगलमा फेला पर्‍यो एमबिबिएस पढ्दै गरेका शिशिरको शव

काठमाडौै, २५ जेठ । एकहप्तादेखि हराइरहेका शिशिर खनालको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको छ ।

अर्घाखाँची स्थायी घर भएका खनाल काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्दै थिए । लामो समयदेखि काठमाडौंको कोटेश्वरमा भाइसँग बस्दै आएका शिशिर जेठ १७ गतेदेखि सम्पर्कविहिन भएका थिए ।

शिशिर चढ्दै आएको मोटरसाइकल कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि उनको खोजी कार्य भएको र शनिबार दिउँसो शव सडेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

केही समयदेखि नै शिशिरले डिप्रेशनको औषधी खाँदै आएका थिए । उनले विष सेवन ‍गरी आत्महत्या गरेको प्रहरीले बताएको छ ।

शिशिरले २०५८ सालमा सवारी दुटनामा आफ्ना आमाबुबा र दिदीलाई गुमाएका थिए । तर शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरीको प्रारम्भिक अनसन्धानबाट खुलेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage