scheduleबुधवार आषाढ़ ४ गते, २०७६

कलाकार सङ्घमा खड्का

काठमाडौँ, २६ जेठ ।  नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा रवीन्द्र खड्का विजय भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा उहाँले २१८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सरिता लामिछानेले १६१ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षद्वयमा रजिता उप्रेती र सानुकुमार ताम्राकार, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाह अधिकारी, सहकोषाध्यक्षमा पवित्रा आचार्य विजयी भएका छन् । कोषाध्यक्षमा सुनिल कटवाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । सङ्घको १७आैँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob