scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

४ महिनापछि सञ्चालनमा आयो भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका

एज‍ेन्सी, २६ जेठ ।  भेनेजुएला र कोलम्बियाबीचको सीमा नाका ४ महिनापछि सञ्चालनमा आएको छ । गत फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सीमा नाका बन्द गरेका थिए। सीमा नाका सञ्चालनमा आएसँगै भेनेजुएलाका लाखौं नागरिक अत्यावश्यकीय सामान खरिदका लागि कोलम्बियाको सीमापारी पुगेका छन् ।

आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोले अमेरिकालगायतका देशबाट मानवीय सहायताका सामान भित्र्याउन आह्वान गरेपछि राष्ट्रपति मदुरोले सीमा नाका बन्द गरेका थिए ।

लामो समयदेखि आर्थिक संकटमा गुज्रिरहेको भेनेजुएलामा मानवीय सहायतासमेत उपलब्ध हुन नसकेपछि विपक्षी नेता हुँवा गोइदोले सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob