scheduleशनिवार मंसिर २१ गते, २०७६
Bajaj
Global IME Bank

बर्ड फ्लु नै नलाग्ने कुखुरा उत्पादन गर्दै वैज्ञानिकहरु

एजेन्सी, २६ जेठ । बर्ड फ्लु चराचुरुङ्गी र कुखुरामा निकै चाँडो फैलिने रोग हो  । यसबाट मानिस समेत संक्रमित हुने गर्छन् । हावाबाट मानिसमा सजिलै सर्ने भएकाले बर्ड फ्लुका कारण विश्व नै चिन्तित भइरहेको छ । यसबाट कुखुरा व्यवसायीहरु झन बढी मारमा पर्ने गरेका छन् । तर नयाँ वैज्ञानिक अनुसन्धानले केही वर्षभित्रै नै विश्वका कुखुरा फार्महरु बर्ड फ्लुमुक्त हुने दाबी गरेको छ ।

बेलायतका वैज्ञानिकले केही समयभित्रै नै बर्ड फ्लु प्रतिरोधी कुखुरा उत्पादन गर्न सकिने बताएका छन् । जिन एडिटिङ प्रविधिमार्फत्  नयाँ प्रजातिको कुखुरा उत्पादन भएपछि बर्ड फ्लु पूर्ण रुपमा नियन्त्रण हुने समेत उनीहरुको दाबी छ । हालैको एक अनुसन्धानबाट यो कुरा पुष्टि भएको हो ।

इम्पेरियल कलेज अफ लण्डनका अनुसन्धानकर्ताले कुकुराको डिएनएको एक हिस्सा निकालेर जिन एडिटङ प्रविधिबाट नयाँ प्रजातिको कुखुरा उत्पादन गर्न सकिने दाबी गरेका छन् ।यसरी उत्पादन हुने नयाँ प्रजातिको कुखुराको कोषभित्र बर्डफ्लुको भाइरस पस्न र फैलिन नसक्ने उनीहरुको भनाइ छ । फलस्वरुप, कुखुरा फार्महरु H1N1 नामक बर्ड फ्लुको भाइरसबाट मुक्त हुने वैज्ञानिकले बताएका छन् ।

प्रमुख अनुसन्धानकर्ता मार्क मैकग्रुले  केही समयभित्र नै बर्ड फ्लु प्रतिरोधी कुखुरा उत्पादन गर्न सकिने र यस खालको कुखुराका कारण बर्डफ्लुको जोखिम कम हुने बताएका छन् । ‘यो महत्वपूर्ण प्रगति हो किनभने जिन एडिटिङ प्रविधिबाट उत्पादन हुने कुखुरामा बर्डफ्लु प्रतिरोधी क्षमता बढी हुनेछ’, उनले भने ।

 

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage