scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

९ वर्षीया बालिकाको बलात्कारपछि घाँटी थिचेर हत्या, नालीमा शव भेटियो


भोपाल, २६ जेठ । भोपालस्थित कमला नगर इलाकामा आइतबार बिहान ९ बजे एक बालिकाको शव नालीमा भेटियो । शवको पोष्टमार्टम रिपोर्टबाट थाहा भयो- बालिकाको बलात्कारपछि हत्या गरिएको रहेछ । बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको रहस्य पोस्टमार्टम्बाट खुलेको हो

बालिका शनिबार राति ८ बजे घरबाट बेपत्ता भएकी थिइन् । बालिकाको खोजीमा लापरवाही गरेको भन्दै एक प्रहरीलाई निलम्बन गरिएको छ ।

प्रारम्भिक जानकारीका अनुसार, मण्डवा बस्तीसँगै बस्ने बालिका राति ८ बजे नजिकैको पसलमा सामान लिन गएकी थिइन् । जब उनी लामो समयसम्म पनि फर्किइनन्, तब परिवारजनले खोजतलास सुरु गरे । उनीहरु प्रहरी चौकी पुगे । प्रहरीले केस दर्ता गर्नै मानेन ।

इलाका पार्षदलाई घटनाबारे जानकारी दिएपछि उनले प्रहरीमा फोन गरेर तत्काल बच्चा खोजी गर्न निर्देशन दिए ।

एएसपी अखिल पटेका अनुसार बालिका हराएको रिपोर्टपछि पनि खोजबिन नगर्ने एक प्रहरीलाई निलम्बन गरिएको छ । घटनाको अनुसन्धान तीव्र बनाइएको उनले जानकारी दिए । परिवार र अस्पतालसँग प्रहरीले जानकारी लिइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob