scheduleमगलवार आषाढ़ ३ गते, २०७६

पोखरामा नेपालकै दोस्रो ठूलो खानेपानी आयोजना सुरु हुँदै

काठमाडौं, २६ जेठ । खानेपानी मन्त्रालयले पोखरामा नेपालकै दोस्रो ठूलो आयोजना निर्माण गर्ने भएको छ ।

पोखरा उपत्यकालाई लक्षित गरी सुरु गर्न लागिएको आयोजनाअन्तर्गत मर्दी खोलाको पानीलाई प्रशोधन गरी पिउन योग्य बनाइने खानेपानी मन्त्रालयले जनाएको हो । जेठ २८ गते  शिलान्यास हुन लागेको उक्त आयोजनाबाट दैनिक साढे ४ लाख मानिस लाभान्वित हुनेछन् ।

तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको पोखरा खानेपानी सुधार आयोजना मेलम्चीपछिको ठूलो आयोजना हो । आयोजनाका लागि जापान सरकारले  ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता समेत भइसकेको छ । सम्झौता अनुसार नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउने छ ।

उक्त आयोजना अन्तर्गत दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने  छ । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob