scheduleबुधवार श्रावण १ गते, २०७६

१३ वर्षीया बालिका बलात्कृत, भाग्दै गरेका राई पक्राउ

उदयपुर, २६ जेठ । उदयपुरमा १३ वर्षिय बालिका बलात्कृत भएकी छन् । बालिकालाई  जबरजस्ती करणी गरेको आरोपमा उदयपुरका अन्दाजी ३६ वर्षिय देवकुमार राई पक्राउ परेका छन् ।

दिदी भिनाजुको घरमा बस्दै आएकी १३ वर्षिय बालिकालाई राईले ललाई फकाई आफनो घरमा लगि जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जबरजस्ती करणी गरेर बसमा भाग्दै गरेको अवस्थामा सिरहाको मिर्चैया एरियाबाट नियन्त्रणमा लिईएको राईलाई जबरजस्ती करणीमा अनुसन्धान थालेको  एसपी बीरबहादुर बुढा मगरले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob