scheduleमगलवार आषाढ़ ३ गते, २०७६

सिन्धुपाल्चोकमा झाडापखालाको महामारी, ५० भन्दा बढी बिरामी

प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चोक, २६ जेठ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ५ स्थित विन्जेलमा झाडापखालाको महामारी फैलिएको छ । झाडापखालाका कारण एकै गाउँका ५० भन्दा बढी बिरामी भएका छन् ।

केहीको स्थिति गम्भीर रहेको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । विरामीको खाडिचौरस्थित सिन्धु सदबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै बेडमा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले जानकारी दिए ।

बिरामी हुनेमा विन्जेलको मुलाबारीका भुजेलहरु रहेका छन् । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यहि बिहेका भोज खाएपछि महामारी देखा परेको हो ।

फुड पोइजन भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । पानीका कारण महामारी फेलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताए ।

झाडापखलाका कारण विरामी भएका केहीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । केहीको स्थिति गम्भीर छ । गाउँबाट विरामीलाई अस्पताल लैजाने क्रम जारी रहेको स्थानीय बिनोद नेपालले जानकारी दिए । गम्भीर बिरामीलाई थप उपचारका लागि धुलिखेल र काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob