scheduleमगलवार आषाढ़ ३ गते, २०७६

विप्लव नेकपाले लियो माथिल्लो कर्णालीमा बम विस्फोटको जिम्मा


काठमाडौं, २७ जेठ । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको सम्पर्क कार्यालयमा शनिबार भएको विस्फोटको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्यूरो इन्चार्ज निर्माणले आइतबार विज्ञप्ति निकालेर विस्फोटको जिम्मा लिएका हुन् । माथिल्लो कर्णाली जलविद्युत परियोजना नेपाल र नेपाली जनताको हित र जनचाहनाविरुद्ध भारतीय कम्पनी जीएमआरलाई सुम्पिएर सरकारले राष्ट्रघाती कदम जारी राखेको भन्दै विस्फोट गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त परियोजना नेपाली लगानी र प्रविधिमा नेपालले नै बनाउनु पर्ने र सो परियोजनामा स्थानीय जनताको प्रत्यक्ष सहभागीतामा निर्माण हुनुपर्ने कुरामा मागलाई सुनुवाई नगरेकोले विस्फोट गराउनु परेको विज्ञप्तिमा स्पष्ट बनाइएको छ । सरकारले नेपाल र नेपाली जनताको हित र जनचाहनाविरुद्ध भारतीय कम्पनी जीएमआरलाई सो परियोजना सुम्पेको विज्ञप्तिमा जनाइएको छ ।

‘परियोजनाको माथिल्लो र तल्लो तटको पुरै क्षेत्रमा जीएमआर कम्पनीको अनुमति बेगर कसैले पनि बिद्युत उत्पादन तथा कुनै आयोजना सञ्चालन गर्न नपाइने जस्ता राट्रघाती सम्झौता गरिएको हुनाले सुरुवातदेखि नै हामीले विरोध गर्दै आएका थियौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पावरहाउसको तल्लो तटमा पर्ने बाँके र बर्दीयालगायतका जिल्लाहरुमा हिँउदमा सुख्खा हुने र बर्षायाममा बाढी पहिरोले गम्भीर क्षति पुर्‍याउने र पर्यावरणमा नकारात्मक परिणाम निम्त्याउने निश्चित हुँदाहुँदै सरकारले सोही कम्पनीलाई परियोजना सुम्पिएर राष्ट्रघाती कदम जारी राखेकाले चेतावनीस्वरुप अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको परियोजनाको सम्पर्क कार्यालयमा शनिबार बिहान हाम्रो पार्टीको नेतृत्वमा जनस्तरबाट उक्त कार्वाही गरिएको जानकारी गराउँछौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob