scheduleमगलवार आषाढ़ ३ गते, २०७६

‘ग्रिजम्यानबारे बार्सिलानामा कुनै चर्चा छैन’

काठमाडौँ, २७ जेठ । यस सिजन बार्सिलोनाले पनि स्टार खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरिराखेको हल्ला व्यापक चलिराखेको छ ।

एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोनियो ग्रिजम्यानलाई अनुबन्ध गर्न बार्सिलोना तयार रहेको बताइएको थियो ।

तर, बार्सिलोनाका डिफेण्डर सामुअल उमटिटीले यस कुराको खण्डन गरेका छन् ।

उनले ग्रिजम्यानलाई बार्सिलोना ल्याउने बारे बार्सिलोनामा कुनै पनि चर्चा नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘ग्रिजम्यानले क्लब छोड्ने पक्का छ । तर, उनी कुन क्लब जान्छन् त्यसबारे भने म केही भन्न सक्दिन । उनी बार्सिलोनामा कुनै चर्चा छैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob