scheduleमगलवार आषाढ़ ३ गते, २०७६

रोजेराले रोनाल्डोको रेकर्ड तोडिन्

एजेन्सी, २७ जेठ । पोर्चुगिज स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको नाममा कैयौं कीर्तिमानी रेकर्ड छन् । यसमध्ये एउटा हो- विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी । तर रोनाल्डोको नाममा रहेको यो रेकर्ड भने आइतबार तोडिएको छ ।

ब्राजिलकी महिला स्ट्राइकर क्रिश्चियानी रोजेराले रोनाल्डोको नाममा रहेको उक्त रेकर्ड तोडेकी हुन् ।

गत वर्षको विश्वकपअन्तर्गत पोर्चुगल र स्पेनबीचको खेलमा रोनाल्डोले ह्याट्रिक गरेर आफ्नो नाममा नयाँ रेकर्ड दर्ता गराएका थिए । रुसमा भएको विश्वकपमा ह्याट्रिक गर्दा रोनाल्डोको उमेर ३३ वर्ष ४ महिना १० पुगेको थियो । रोनाल्डो उक्त ह्याट्रिकसँगै सबैभन्दा बढी उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने खेलाडी बनेका थिए ।

तर आइतबार महिला विश्वकपअन्तर्गत ब्राजिल र जमैकाबीच भएको खेलमा ब्राजिलियन स्ट्राइकर क्रिश्चियानी रोजेराले समेत ह्याट्रिक गरिन् । ह्याट्रिकसँगै रोजेरा सबैभन्दा बढी उमेरमा विश्वकममा ह्याट्रिक गर्ने खेलाडी बनेकी छन् । आइतबार उनको उमेर ३४ वर्ष २५ दिन पुगेको थियो । योसँगै रोनाल्डोको नाममा रहेको रेकर्ड तोडिएको छ ।

क्रिश्चियानी रोजेराको ह्याट्रिकसँगै जमैकामाथि ब्राजिल ३-० ले विजयी भएको छ । रोजेराले ब्राजिलका लागि १५, ५० र ५४ औं मिनेटमा गोल गरेकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob