scheduleमगलवार आषाढ़ ३ गते, २०७६

युवाका लागि ३ वर्षे विशेष कार्यक्रम ल्याउँछौंः मन्त्रि खनाल


काठमाडौं, २७ जेठ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि कृषि क्षेत्रमा छुट्याईएको बजेटलाई विशेष कार्यक्रम गरी प्रयोग गर्ने जनाएको छ ।

छुट्याईएको बजेटबाट दूध, माछा, खसीबोका उत्पादनमा आत्मनिर्भर बनाउन काम गरिने कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले जानकारी दिए । सरकारले कृषिमा युवा कार्यक्रम तीन वर्षे कार्यक्रम चलाएर युवाहरुलाई व्यवसायिक बनाउने कार्यक्रम गरिने उनले जानकारी दिए ।

पहिलो वर्षमा एक हजार युवालाई रोजगार बनाउने लक्ष्य रहेको उनले स्पष्ट पारे । सक्षम युवाहरुलाई व्यवसायिक बनाउन कार्यविधि समेत बनिरहेको उनले जानकारी दिए । उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुर्न मूल्याङ्गकन गर्ने र यसलाई प्रभावकारी बनाउन काम गरिने उनले बताए ।

किसान पेन्सन कार्यक्रमलाई पनि प्रभावकारी बनाउन कार्यान्वयनमा ल्याउन काम भैरहेको मन्त्री खनालको भनाई छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा १५ खर्ब ३२ अर्ब बजेट विनियोजन गरेको छ । जसमा कृषि क्षेत्रका लागि करिब २४ अर्ब ८० करोड बजेट विनियोजन भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob