scheduleशुक्रवार आश्विन ३ गते, २०७६

एक दिवसीय विश्वकप : वेस्ट इण्डिजसँगको खेल जित्नै पर्ने दबाबमा दक्षिण अफ्रिका

एजेन्सी, २७ जेठ । एकदिवसिय विश्वकप क्रिकेटअन्तर्गत आज वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ । अंक तालिकाको पुछारतिर रहेको दक्षिण अफ्रिकाका खेलाडीहरु आजो खेल जित्नै पर्ने दबाबमा छन् ।

विश्वकपमा यसअघि वेस्ट इण्डिज र दक्षिण अफ्रिका ६ पटक भिडिसकेका छन् । हालसम्मका प्रतिस्पर्धामध्ये अफ्रिका ४ वटा र वेस्ट इन्डिज २ वटा खेलमा विजयी भएका थिए ।

यस पटकको विश्वकपमा वेस्ट इन्डिजले खेलेका २ वटा खेलमध्ये एउटामा जीत हात पारेको छ र दोस्रो जितको खोजिमा छ । यता अफ्रिका भने इंग्ल्यान्ड, बंगलादेश र भारतसँग भएका खेलमा पराजय भोगिसकेको छ ।

हालसम्म अंकविहीन रहेको दक्षिण अफ्रिका आज हुने चौंथो खेल जित्नै पर्ने दबाबमा छ ।  तर दक्षिण अफ्रिकाका तीव्र बलर लुन्गी एन्गीडो पूर्णरुपमा फिट नभएका र मध्यक्रम ब्याटिङ केहि कमजोर देखिएकाले वेस्ट इण्डिजसँगको खेल त्यति सहज भने हुने छैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage