scheduleशनिवार आश्विन ४ गते, २०७६

मन्त्री अर्यालद्वारा गुठी विधेयकको बचाउ

काठमाडौं, २७ जेठ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले अघि सारेको गुठी विधेयक सही भएको बताएकी छन् ।

मन्त्री अर्यालले सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै नेपालको धार्मिक र सांस्कृतिक मौलिकता प्रबर्द्धन गर्न भनेर नै गुठी विधेयक ल्याइएको बताएकी हुन् ।  ‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शंका नगरौँ,  अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ’, उनले भनिन् ।

नयाँ विधेयकमार्फत गुठीलाई वैज्ञानिक तरिकाले व्यवस्थापन गर्न लागिएको समेत मन्त्री अर्यालको दाबी थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदले बैठक सुरु हुनासाथ विरोध जनाएपछि १५ मिनेटका लागि आजको बैठक स्थगित गरिएको थिए ।

आइतबार गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको थियो । तर नेपाली काँग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेकामाथि प्रहरीले धरपकड र आक्रमण गरेको भन्दै यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरेको थियो ।
प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उभिएर अवरोध गरेपछि बैठक स्थगत भएको थियो । तर गृहमन्त्रीले घटनाबारे जवाफ दिने आश्वासन पाएपछि बैठक पुन: सुरु भएको थियो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage