scheduleमगलवार आषाढ़ ३ गते, २०७६

दक्षिण अफ्रिका र वेस्ट इण्डिजबीचको खेल वर्षाका कारण अबरुद्ध

काठमाडौं, २७ जेठ । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत वेस्ट इण्डिज र दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण अबरुद्ध भएको छ ।

टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले खेल अबरुद्ध हुनुपूर्व २ विकेट गुमाइसकेको छ ।  दक्षिण अफ्रिकाले ७. ३ ओभरमा २ विकेटको क्षतिमा २९ रन मात्रै जोड्न सफल भएको छ ।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान हसिमअमला र  एडेन म्याक्रम आउट भइसकेका छन् । अमला ६ र म्याक्रम ५ रन बनाएर पेभिलियन फर्किएका थिए ।

वेस्ट इण्डिजका शेल्डन कटरेलले अमला र म्याक्रमलाई आउट गरेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob