scheduleशुक्रवार आश्विन ३ गते, २०७६

मुख्यमन्त्रीको प्रश्न- थारुको पक्षमा लड्दा रेशम चौधरीलाई जेल राख्नु कहाँको न्याय हो ?


जनकपुरधाम, २७ जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सदियौँदेखि विभेदमा परेको थारु समुदायको अधिकारको पक्षमा लड्दा सांसद रेशम चौधरीलाई जेल हाल्नु कहाँको न्याय हो भनी प्रश्न गरेका छन् ।

थारु आयोगले सोमबार जनकपुरमा आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राउतले समुदायको अधिकारको लागि लड्दा रेशम चौधरीलाई झुठा मुद्दा खेप्नु परेको स्पष्ट पारे । ‘आन्दोलनको नाउमा दशौं हजार मान्छे मार्नेहरु राज्यसत्ता सञ्चालन गर्ने र निर्दोष रेशम चौधरीलाई जेलमा बस्नुपर्ने कहाँको न्याय हो ?,’ उनले प्रश्न गरे ।

समाजवादी पार्टीका नेता समेतका रहेका राउतले अधिकार प्राप्तिको लागि संघर्ष गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले मुलुक संघीय गणतन्त्रमा गएपनि कार्यन्वयन पक्ष इमान्दार नभएकोले संघर्ष अपरिहार्य रहेकोमा जोड दिएका हुन् ।

संघर्ष नगरेसम्म कुनै समुदायले अधिकार प्राप्त गर्न नसकेको इतिहास रहेको स्मरण गराउँदै मुख्यमन्त्री राउतले आफनो भविष्य परिवर्तनका लागि थारुहरुमा लड्ने साहस जुटाउन अपिल गरे ।

एक फरक प्रसंगमामा मुख्यमन्त्री राउतले आयोग गठनमा पनि संघीय सरकारले विभेद गरेको बताए । उनले भने, ‘महिला आयोग र दलित आयोग जतिको अधिकार थारु, मधेशी, मुश्लिम जस्ता आयोगहरुलाई दिइएको छैन ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage