scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

हत्या गरी फरार अधिकारी १९ वर्षपछि प्रहरी खोरमा


काठमाडौं, २७ जेठ । हत्या गरी फरार भएको १९ वर्षपछि एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

२०५७ असार ८ गते भक्तपुरमा भक्तपुरमा ३३ वर्षीया विजयश्वरी प्रजापतिको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले प्रकाउ गरेको हो । पक्राउ पर्नेमा ४४ वर्षीय देवीरमन अधिकारी रहेका छन् । हाल कास्कीको बेगनास-५ घर भएका उनले १९ वर्षअघि प्रजापतिको भक्तपुरको कटुञ्जे-८ स्थित घरमै रिसईबी तथा चोरीको कारण हत्या गरेका थिए ।

सवारी चालक पेशा रहेका अधिकारीलाई रुपन्देहीको सिद्धार्थनगर-१ बेलहियाबाट जेठ २५ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरेलु कामदारको रुपमा प्रजापतिको घरमा रहेको बेला तलब माग्दा नपाएपछि रीसको झोकमा हत्या गरेको अधिकारीले स्वीकार गरेका छन् ।

हत्यापछि उनले घरबाट गरगहना र बहुमूल्य सामान चोरी फरार भएका थिए । हत्यापछि भारत पसेका उनी १९ वर्षको बीचमा केवल चारपटक मात्रै नेपाल आएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage