scheduleबुधवार श्रावण १ गते, २०७६

ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भन्दै ठगी गर्ने वस्ती पक्राउ

सांकेतिक तस्बिर

काठमाडौं, २७ जेठ । ट्याक्सी खरिद गर्न मिलाई दिन्छु भनी १५ लाख रुपैयाँ ठगी गर्ने नुवाकोट तार्केश्‍वर गाउँपालिका-४ बस्ने ४४ वर्षीय राम वस्तीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

सोमनाथ भट्टराईले ट्याक्सी आवश्यक परेको भन्दै दैनिक पत्रिकामा बिज्ञापन दिएकोमा वस्तीले भट्टराईलाई फोन सम्पर्क गरी बोलाएका थिए । उनले बा.३ ज ३८१० नम्बरको सेतो रङको ट्याक्सी देखाई मूल्य २२ लाख रुपैयाँ कायम गरी जेठ ८ गते १५ लाख रुपैयाँ लिएर बाँकी ७ लाख रुपैयाँ गाडी पास गर्दा दिने भनी विश्वासमा पारी सम्पर्क बिहिन भएका थिए ।

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनलाई नुवाकोटबाट पक्राउ गरेको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob