scheduleशुक्रवारमाघ ९ गते, २०७७

सुदूरपश्चिम प्रदेशको बजेट झण्डै २९ अर्ब

धनगढी, २७ जेठ । सुदूरपश्चिम प्रदेशको आर्थिक बर्ष २०७६-०७७ का लागि २९ अर्बको हाराहारीमा बजेट विनियोजन हुने भएको छ ।

संघिय सरकारले गत बर्षको भन्दा यस बर्ष दुई अर्ब सशर्त अनुदानको बजेट सिलिङ घटाएर प्रदेशमा पठाएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताए। उनका अनुसार आगामी आर्थिक बर्षका लागि २९ देखी २९ अर्ब ५० करोड बजेट विनियोजन हुनेछ।

संघिय सरकारले गर्ने राजश्व बाँडफाड, समपुरक अनुदान, सशर्त अनुदान, अघिल्लो बर्षको बचत कोषका आधारमा प्रदेशमा बजेटको आकार निर्धारण हुने बोहराले जनाए

सोमबार मन्त्रालयद्धारा आयोजित बजेट सम्बन्धि पत्रकार संगको छलफल कार्यक्रममा मन्त्री बोहोराले प्रदेश सरकारले अषाढ १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्ने बताए ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay