scheduleशुक्रवार कार्तिक १ गते, २०७६

प्रहरी नियन्त्रणमा बालबालिका, ‘एक घण्टाभित्रै सोधपुछ सक’

काठमाडौँ, २८ जेठ । कुनै अभियोगमा पक्राउ परेका बालबालिकालाई दिनमा एक घण्टाभन्दा लामो समयसम्म र रातको समयमा भने सोधपुछ गर्नै नपाइने भएको छ ।

सरकारले तयार गरेको बालन्याय सम्पादन कार्यविधि– २०७६ मा सो व्यवस्था गरिएको हो । कार्यविधिको नियम ८ मा उल्लेख भएको वालवालिकालाई सोधपुछ गर्दा विचार गर्नुपर्ने ६ वटा उपनियममा बालबालिकालाई बयान दिन सक्ने अवस्थामा मात्र सोधपुछ गर्ने, निजका बावुआमा, परिवार अन्य सदस्य वा संरक्षक, बालकल्याण अधिकारी वा कानुन व्यवसायीको रोहबरमा राख्ने, उत्तर दिनसक्ने बालमैत्री वातावरण सिर्जना गर्ने उल्लेख छ ।

सोधपुछको क्रममा बालमनोविज्ञान वा समाजसेवीको आवश्यकता परेमा सूचीकृत वाल मनोविज्ञ, समाजसेवीहरुबाट आवश्यक सेवा उपलब्ध गराई पाउन बाल अदालत वा स्थानीय बाल अधिकार समितिलाई अनुरोध गर्ने र सार्वजनिक रुपमा सोधपुछ नगर्ने व्यवस्था छ ।  नेपाल समाचारपत्रमा खबर छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage