scheduleमगलवार आषाढ़ ३ गते, २०७६

नेपाली रेलको पहुँच कोलकत्तासम्म

काठमाडौँ, २८ जेठ ।  अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ ।”

उक्त बैठक जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा बसेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob