scheduleसोमवार आश्विन ६ गते, २०७६

लिङ्ग परिवर्तन विनाशतर्फको यात्रा हो : पोप फ्रान्सिस

एजेन्सी, २८ जेठ । क्याथोलिक समुदायको सर्वोच्च अंग भ्याटिकन चर्चले लिङ्ग परिवर्तन गर्ने कार्य प्रकृतिविपरीत भएको बताएको छ ।

हालै भ्याटिकन चर्चले लिङ्ग परिवर्तन गर्ने कार्यबाट प्रकृति नै नाश हुने भन्दै एउटा औपचारिक दस्तावेज बाहिर ल्याएको हो । ‘महिला र पुरुषलाई ईश्वरले रचना गर्नुभएको हो’ नामक उक्त दस्तावेजमा मानिसले चाहेर लिङ्ग परिवर्तन गर्न नसक्ने र सन्तान उत्पादनका लागि महिला र पुरुष एक अर्काका परिपुरक भएको उल्लेख गरिएको छ ।

क्याथोलिक गुरु, शिष्य, पादरी र बाबुआमाले यौन शिक्षामा देखिएको समस्या सम्बोधन गर्न सकून् भनेर नयाँ दस्तावेज ल्याइएको भ्याटिकन सिटीले बताएको छ । दस्तावेजमा लैङ्गिक सिद्धान्तसम्बन्धी मुद्दाबारे छलफल गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै सकरात्मक र विवेकशील शिक्षामार्फत् बालबालिकालाई महिला र पुरुषसम्बन्धी दैवी सत्य बताउनका लागि परिवार, विद्यालय र समाजबीच सहकार्य हुनुपर्ने समेत भनिएको छ ।

दस्तावेजमा लिङ्ग परिवर्तन भनेको ‘स्वतन्त्रतासम्बन्धी भ्रान्तिपूर्ण धारणा’ र उत्तर आधुनिक संस्कृतिभित्र रहेको ‘अस्थायी चाहना’ हो भनेर लेखिएको छ । इन्टरसेक्स र ट्रान्सजेन्डर शब्दको कडा आलोचना गरिएको उक्त दस्तावेजमा महिला र पुरुषको प्रजनन अंगको जैविक सहकार्यबाट नै सृष्टि चल्ने उल्लेख छ ।

क्याथोलिक चर्चका सर्वोच्च पादरी पोप फ्रान्सिसले मानवजातिले चाहेर पनि लिङ्ग परिवर्तन गर्न नसक्ने कुरा बताउँदै आएका छन् ।  उनले लिङ्ग परिवर्तन कार्यले मानवजातिको अस्तित्व नै संकटमा पर्ने बारम्बार भन्दै आएका छन् ।

तर समलिङ्गी, द्विलिङ्गी र ट्रान्सजेन्डर क्याथोलिकले यस्ता दस्तावेजले अतिवाद र हिंसा निम्त्याउने भन्दै विरोध गरेका छन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage