scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

प्रदर्शनमाथि भएको धरपकडबारे छानबिन हुन्छः गृहमन्त्री थापा


काठमाडौं, २८ जेठ । गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने जवाफ दिएका छन् ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले यस्तो जवाफ दिएका हुन् । संसद बैठकमा गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा आइतबार भएको प्रदर्शनमा बल प्रयोग भएको विषयमा सांसद्हरुको गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

उनले घटनाको यथार्थबारे सरकारले छानबिन समिति बनाएर अनुसन्धान गर्ने बताए । ‘मण्डलामा भएको शान्तिपूर्ण रुपमा प्रदर्शन क्रममा जे जस्तो कमी कमजोरी भएको छ, त्यसको छानविन सरकारले गर्छ,’ उनले भने, ‘सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुनुपुर्छ । महानरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।’

शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको उनले स्पष्ट पारे । आन्दोलनको क्रममा प्रर्दशनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको उनको तर्क थियो ।

उनले भने, ‘शान्ति पुर्णरुपमा विरोध प्रर्दशन गर्न पाइन्छ तर प्रहरीलाई सुरक्षाकर्मीलाई ढुंगा हान्ने, ईट्टा हान्ने र उनीहरुको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं ।’

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage