scheduleशुक्रवार आश्विन ३ गते, २०७६

आईसीसी विश्वकप : वर्षाका कारण बंगलादेश र श्रीलंकाबीचको खेल सुरु हुन सकेन

काठमाडौं, २८ जेठ ।  विश्वकप क्रिकेटअन्तर्गत मंगलबार बंगलादेश र श्रीलंकाबीच हुन गइरहेको खेल  वर्षाका कारण अझै सुरु हुन सकेको छैन ।

बंगलादेश र श्रीलंकाको खेल  नेपाली समयअनुसार दिउँसो ३:१५ बजे तय गरिएको थियो । तर वर्षाका कारण  उक्त खेल सुरु हुन नसकेको हो । यदि आजको खेल स्थगित भएमा दुबै टोलीले बराबरी अंक बाँड्ने छन् ।

यसअघिका ३ खेलमा एउटामा जित र दुईवटामा हार व्यहोरेको बंगलादेश २ अङ्क सहित आठौं स्थानमा रहेको छ । अघिल्ला ३ खेलमा एक जित, एक हार र एकमा बराबरी अंक बाँडेको श्रीलंका ३ अङ्क सहित छैटौं स्थानमा रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage