scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

युट्यूबमार्फत् फिल्म क्षेत्रको बदनाम गर्ने गौतम पक्राउ


काठमाडौं, २८ जेठ । युट्यूबमार्फत फिल्म क्षेत्रको बदनाम गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेमे नेपालका सञ्चालक भक्तपुर बालकोट बस्ने सुनसरी धरान उपमहानगरपालिका-१४ बिजयनगरका २४ वर्षीय प्रनेश गौतम रहेका छन् ।

नेपाल प्रहरीले गौतमलाई शुक्रबार पक्राउ गरेको हो । मिलन चाम्लिङ राईले निर्देशन गरेको नेपाली कथानक चलचित्र वीरबिक्रम २ को प्रचारप्रसार गरीदिन्छु भन्ने कुराकानीमा निर्देशक राईले नमाने पश्चात प्रनेश समेतले निर्देशक तथा कलाकारको मानप्रतिष्ठामा खलल पुर्‍याउने गतिविधि गरेको उनीमाथि आरोप छ ।

गौतमले चलचित्रको ब्यापार ब्यबसायमा घाटा पुर्‍याउने, गाली गलौज गर्ने र चलचित्रको बदनाम समेत गरेको भनी निर्देशक राईको जाहेरी दिएका थिए । राईको जाहेरीको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले गौतमलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनलाई बिद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob