scheduleशनिवार कार्तिक १५ गते, २०७७

नेपाल निर्माण व्यवसायी महासङ्घका आन्दोलनका कार्यक्रम फिर्ता


काठमाडौं, २८ जेठ । नेपाल निर्माण व्यवसायी महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।

महासङ्घले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जेठ २३ गते सरकारले आफूहरूको मुख्य माग सम्बोधन हुने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरेपछि आन्दोलनको सबै कार्यक्रम फिर्ता लिइएको जानकारी गराएको हो ।

सार्वजनिक खरिद नियमावली संशोधन गरेर सरकारले आफूहरूको माग पूरा गरेकाले आन्दोलनको कार्यक्रम फिर्ता लिइएको महासङ्घका अध्यक्ष रवि सिंहले जानकारी दिए । आफूहरूको बैंक धरौटीमा राखेको रकमको ब्याज पाउनुपर्ने लगायतका माग सम्बोधन गर्न पनि सरकारलाई महासङ्ले आग्रह गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay