scheduleबिहिवार भाद्र ५ गते, २०७६

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर


बेइजिङ, २८ जेठ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ ।

ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, ‘सन् २०१९को मेको अन्तसम्म चीनको विदेशी मुद्रा सञ्चय ३१ खर्ब १ अर्ब अमेरिकी डलर पुगेको छ । यो अप्रिल महिनाको अन्त्यसम्मको तुलनामा ६ अर्ब १० करोड अमेरिकी डलर अर्थात् ०।२ प्रतिशतको वृद्धि हो ।’

राष्ट्रिय विदेशी मुद्रा आरक्षण ब्यूरोका प्रवक्ता एवं प्रमुख अर्थशास्त्री वाङ छुन यिङले भने, ‘विनिमय दर रूपान्तरण र सम्पत्ति मूल्य परिवर्तन आदि कारणले विदेशी मुद्रा आरक्षित मात्रा अलि बढेको छ ।’

यस वर्ष चीनको समष्टिगत आर्थिक अवस्था स्थिर भएर राम्रो भएको वाङले बताए । चीनको विदेशी मुद्रा बजारमा आपूर्ति र माग आधारभूत रूपमा सन्तुलित भएको उनको दावी थियो ।

चीनमा पछिल्लो समय प्रमुख च्यानल (स्रोत) को अन्तर्राष्ट्रिय पूँजी प्रवाहको अवस्था स्थिर कायम भएको र विदेशी मुद्रा सञ्चयको मात्रा सामान्य वृद्धि भएको ब्यूरोको दावी छ । रासस/सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage