scheduleसोमवार भाद्र २ गते, २०७६

मौरिसस जाने १६ नेपालीलाई फर्कायो अध्यागमनले

काठमाडौँ, २९ जेठ ।  रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ ।

नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ ।
मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ ।

गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage