scheduleसोमवार भाद्र २ गते, २०७६

रोनाल्डोलाई पछि पार्दै मेस्सी बने सर्वाधिक कमाइ गर्ने खेलाडी

काठमाडौँ, २९ जेठ । अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको विश्वको सर्वाधिक कमाउने खेलाडीको सूचीअनुसार अर्जेन्टिना तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शिर्ष स्थानमा उक्लिएका छन् ।

उनले क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका हुन् । सार्वजनिक गरेको सुची अनुसार मेस्सीको वार्षिक कमाई १२७ मिलियन डलर रहेको छ । त्यस्तै पछि परेका रोनाल्डोको भने १०९ र मेस्सीको ओझेलमा परेको मानिएका खेलाडी नेयमारको १०९ मिलियन रहेको छ ।

म्यानचेस्टर युनाईटेडका स्टार खेलाडी पोउल पोग्बाको वार्षिक कमाइ ३३ मिलियन डलर रहेको छ । उनी ४४ औं स्थानमा रहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage