scheduleबुधवार आश्विन १ गते, २०७६

पालेदाइ बनाउँछन् लालपुर्जा पियनभाइ भिडाउँछन् श्रेस्ता

काठमाडौँ, २९ जेठ । मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबार दिनभर सुरक्षाका लागि खटिएका ‘पालेदाइ’ लालपुर्जा बनाउने र ‘पियनभाइ’ मोठ श्रेस्ता भिडाउने कार्यमा खटेका देखिए ।

‘कानुनत यो जिम्मेवारी दिनु गलत हो, जनशक्ति अभावका कारण हामी बाध्य छौं’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत ध्रुर्व्रप्रसाद कोइरालाले लाचारी देखाउनु भयो– तर, यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु ।

मालपोत कार्यालयमा कर्मचारीको अभाव चाहिं निकै चर्को नै देखियो । कर्मचारी नभएको कारण देखाउँदै शुक्रबार, आइतबार र सोमबारको राजस्व जम्मा नभएपछि मंगलबार भएको छड्के जाँचमा आठ कर्मचारी अनुपस्थित देखिए । कर्मचारी अभावकै कारण सुरक्षा गार्ड र कार्यालय सहायक ‘हाकिम’ को जिममेवारी पूरा गर्न बाध्य थिए । नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage