बेल्जियमको अपराजित यात्रा कायमै
काठमाडौँ, २९ जेठ । गएराति भएको युरो कप छनोट खेलमा बेल्जियमले स्कटल्याण्डलाई ३–० गोलले पराजित गरेको छ ।
बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गरे भने केभिन डि ब्रुएनीले एक गोल गरे ।
चार खेलमा शतप्रतिशत नतिजा निकालेको बेल्जियमको १२ अंक रहेको छ ।
स्कटल्याण्ड ६ अंक सहित चौथो स्थानमा छ ।
त्यस्तै गएराति नै भएको यसै समुहको अर्को खेलमा काजकिस्तानले सान मारिनोलाई ४–० गोलले पराजित गरेको छ । काजकिस्तानको ६ अंक रहेको छ ।