इटालीको सानदार कमव्याक
काठमाडौँ, २९ जेठ । गएराति भएको युरो कप छनोट खेलमा ईटालीले बोस्निया हर्जगोभिनालाई २–१ गोलले पराजित गरेको छ ।
खेलको ३२ औ मिनेटमा ईडिन जेकोको गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । इटालीका लागि खेलको ४९ औ मिनेटमा लोरेन्जो ईनसाईनले बराबरी गोल फर्काए । खेलको ८६ औ मिनेटमा फरवार्ड भेराट्टीले इटालीका लागि गोल गरे ।
अपराजित रहेको ईटालीले ४ खेलबाट १२ अंक जोड्न सफल भएको छ । बोस्निया ४ अंक सहित समुहको पाँचौ स्थानमा रह्यो ।