फ्रान्सलाई राहत
काठमाडौँ, २९ जेठ । गएराति भएको युरो कप छनोट खेलमा फ्रान्सले एन्डोरालाई ४–० गोलले पराजित गर्न सफल भएको छ ।
यसअघिको खेलमा टर्कीसँग पराजितको फ्रान्सले सानदार कमव्याक गर्दै जित हात पारेको हो ।
फ्रान्सका लागि खेलको ११ औँ मिनटमा काइलियन एम्बाप्पेले गोल गर्दै अग्रता दिलाए ।
खेलको ३० औँ मिनेटमा वेन इडरले गोल गरे । पहिलो हाफको अन्तिम समयमा थाउभिनले गोल गरे । खेलको ६० औ मिनेटमा जुमाले फ्रान्सका लागि चौथो गोल गरे ।
फ्रान्सले ४ खेलबाट ९ अंक जोडेको छ ।