scheduleबिहिवार भाद्र ५ गते, २०७६

अस्ट्रेलिया-पाकिस्तान भिडन्तः यस्तो छ दुई टिमबीच प्रतिष्पर्धाको इतिहास


काठमाडौं, २९ जेठ । विश्वकपको १७ औं खेलमा बुधबार अष्ट्रेलिया र पाकिस्तान आमनेसामने हुँदैछन् । टोन्टनको मैदानमा हुने यो खेलमा दुई टिम १४ वर्षपछि आमनेसामने हुन लागेका हुन् ।

अन्तिमपटक २००४ को ४ सेप्टेम्बरमा लर्ड्सको मैदानमा उनीहरु भिडेका थिए । त्यतिबेला अष्ट्रेलियाले पाकिस्तानलाई १० रनले हराएको थियो ।

इङ्ग्ल्याण्डको मैदानमा पाकिस्तानले अस्ट्रेलियाको विरुद्ध अन्तिम जित १९ जुन २००१ मा नोटिंघमको मैदानमा मिलेको थियो । त्यतिबेला पाकिस्तानले अस्ट्रेलियालाई ३६ रनले हराएकव थियो । इङ्ग्ल्याण्डमा अस्ट्रेलिया र पाकिस्तानबीच अहिलेसमम्म ८ वनडे भिडन्त भएको छ । यसमा अस्ट्रेलिया र पाकिस्तानले ३ खेल जितेका छन् ।

पाकिस्तानले वनडेमा अस्ट्रेलियाको विरुद्ध अन्तिम जित २९ महिना पहिला निकालेको थियो । उनीहरुबीच अहिलेम्म १०३ एकदिवसीइ खेलहरु भएका छन् । यसमध्ये ६७ खेलमा अस्ट्रेलियाले जित हासिल गरेको छ । ३२ खेलमा उसले हारको सामना गर्नु परेको छ । एक खेलमा टाई भयो भने अरु ३ खेलमा नतिजा निस्कन सकेन । पाकिस्तानले अस्ट्रेलियाको विरुद्ध अन्तिम जित १५ जनवरी २०१७ मा मेलबर्नको मैदानमा हासिल गरेको थियो । त्यतिबेला अस्ट्रेलियलाई ६ विकेटले हराएको थियो ।
वर्ल्ड कपमा दुई देशका बीच अहिलेसम्म ९ खेल भएका छन् यसमध्ये ५ मा अस्ट्रेलियाले जित हासिल गरेको थियो । विश्वकपमा पाकिस्तानले अस्ट्रेलियाको विरुद्ध अन्तिम जित १९ मार्च २०११ मा मिलेको थियो । त्यतिबेला अस्ट्रेलियालाई ४ विकेटले हराएको थियो ।

मौसम र पिच
मौसम विभागका अनुसार बुधबार हल्का वर्षा हुनेछ । यसअघि भएको खेलमा भएको पहिलो खेलमा वर्षाको कारण ४१-४१ ओभरमा खेलाइएको थियो । दोस्रो खेलमा न्यूजिल्याण्डले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । मैदानको तापक्रम १२ देखि २१ डिग्रीसम्म हुन सक्नेछ । टस जित्ने टोलीले पहिला बलिङ गर्न सक्छ ।

अस्ट्रेलियाको शक्ति

डेभिड वार्नर-स्टिभ स्मिथः यो विश्वकपमा अस्ट्रेलियाले अहिलेसम्म ३ खेलमा २ खेल जितेको छ । यसमा डेभिड वार्नर र स्टिभ स्मिथ दुवैको अहम् योगदान छ । स्मिथ अस्ट्रेलियाका लागि टप स्कोरर हुन् । जबकि वार्नर दोस्रो नम्बरमा रहेका छन् । दुवै टिमका सबैभन्दा अनुभवी खेलाडी यी दुवै हुन् । कप्तान एरोन फिञ्चले

बलरः अस्ट्रेलियाको तीव्र बलर मिशेल स्टार्कले यो खेलहरुमा ३ खेलमा ७ विकेट लिइसकेका छन् । उनी टिमका नेतृत्वदायी बलर हुन् । प्याट कमिन्सले ३ खेलमा ६ र मार्क्स स्टोइनिसले ४ विकेट आफ्नो नाममा गरेका छन् । अस्ट्रेलियाका बलरहरुले पहिलो खेलमा अफगानिस्तानलाई २०७ रनमा रोकिदिए भने दोस्रो खेलमा वेस्टइण्डिजलाई ४९ ओभरमा २०७ रनमा अलआउट गरिदिए । उनीहरुले पाकिस्तानविरुद्ध पनि यहि प्रदर्शनलाई दोहोर्‍याउने अपेक्षा गरेका छन् ।

अस्ट्रेलियाको कमजोरी

तेस्रो क्रमका ब्याट्सम्यान उस्मान ख्वाजा फर्ममा देखिएका छैनन् । उनी टिमको टप ५ स्कोररमा सहभागी रहेनन् । यी तीनवटै खेलमा उनले अहिलेसम्म एक अर्धशतक पनि हान्न सकेका छैनन् । पहिलो खेलमा १५ रन बनाएर आउट भए भने दोस्रो खेलमा १३ रन मात्र बनाए । उनले तेस्रो खेलमा भारतको विरद्ध ४२ रन बनाए ।

पाकिस्तानको शक्ति
बाबर आजम : पाकिस्तानका ब्याट्सम्यान बलियो आधारस्तम्भ नै मानिने बाबर आजम पछिल्लो एक वर्षदेखि फर्ममा छन् । उनले यसक्रममा २५ खेलमा १०३५ रन बनाइसकेका छन् भने २ शतक पनि लगाएका छन् । उनको औसत ५१.७५ रनको छ । यो सिजनको दोस्रो खेलमा इङ्ल्याण्डको विरुद्ध उनले ६३ रनको पारी खेले । पाकिस्तानले आजको खेलमा पनि उनीसँग राम्रो अपेक्षा राखेको छ ।

मोहम्मद अमिर : पाकिस्तानका प्रमुख बलर मोहम्मद अमिर पछिल्लो एक वर्ष फर्ममा थिएनन् । वर्ल्ड कपभन्दा पहिला १२ महिनामा उनले ११ खेलमा केवल ३ विकेट लिएका थिए । अनुभवी भएका कारण उनी टिममा परेका हुन् । उनले व्यवस्थापनको रोजाईलाई सही सावित गर्दै वेस्ट इण्डिजको विरुद्ध ३ र इङ्ल्याण्डका विरुद्ध २ विकेट लिए । श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्ध भयो । कप्तान सरफराज अहमद उनले अस्ट्रेलिया विरुद्ध पनि यस्तै प्रदर्शन गरुन् भन्ने चाहन्छन् ।

पाकिस्तानको कमजोरी

लामो पारी खेल्न असमर्थ ओपनर्सः पहिलो खेलमा वेस्टइण्डिजको विरुद्ध इमाम उल हक र फख्र जमांले १७ रनको साझेदारी गरे । उक्त खेलमा इमामले दुई र जमांले २२ रन बनाएका थिए । दोस्रो खेलमा इङ्ल्याण्डका विरुद्ध दुवैले ८२ रनको साझेदारी गरे । इमामले ४४ र जमांले ३६ रन बनाए । यद्यपि, उनीहरुले अझ राम्रो रन ल्याउन सकेनन् । यसपटक खेल सुध्रने टिम व्यवस्थापनको अपेक्षा रहेको छ ।

को-को छन् टिममा-

अस्ट्रेलिया : एरोन फिञ्च (कप्तान), जेसन बेहरेनडोर्फ, एलेक्स केरी, नाथन कूल्टर नाइल, प्याट कमिन्स, उस्माना ख्वाजा, नाथन लियोन, शोन मार्श, ग्लेन म्याक्सवेल, केन रिचर्डसन, स्टीव स्मिथ, डेविड वार्नर, मिशेल स्टार्क, मार्क्स स्टोइनिस, एडम जम्पा ।

पाकिस्तान : सरफराज अहमद (पाकिस्तान), आसिफ अली, बाबर आजम, फख्र जमां, हैरिस सोहेल, हसन अली, इमाद वसीम, इमाम-उल-हक, मोहम्मद आमिर, मोहम्मद हफीज, मोहम्मद हसनैन, शादाब खान, शाहीन अफरीदी, शोएब मलिक, वहाब रियाज।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage